विवेकशील साझा पार्टीले मंसिरमा हुने संघीय निर्वाचनका लागि काठमाडौंमा उम्मेदवार टुग्याएको छ। सो पार्टीद्वारा जारी विज्ञप्तिमा संयोजकद्वय रवीन्द्र मिश्र र उज्जवल थापा क्रमश: काठमाडौं १ र ५ बाट चुनाव लड्ने भएका छन्।
त्यसैगरी सो पार्टीले काठमाडौंको क्षेत्र नम्बर ४, ८ र ९ बाट पार्टीको केन्द्रीय समितिका सदस्य क्रमश: सुबुना बस्नेत, पुकार बम तथा मिलन पाण्डे समेतलाई संघीय प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेको छ।
त्यस्तै विगत २० वर्षदेखि पत्रकारिता क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय महिला पत्रकारिता संजालको कार्यसमिति सदस्य अनुपा श्रेष्ठलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट संघीय प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेको छ। र, अन्य उमेदवारहरु पनि क्रमश: घोषणा गर्दै जाने पार्टीको नीति रहेको विवेकशील साझाले जनाएको छ।
विवेकशील साझाले ‘हाम्रा होइन राम्रा’ नागरिकहरू नेतृत्वमा पुगुन् भन्ने उद्देश्यका साथ पार्टीको मूल्य-मान्यतासँग सामिप्यता राख्ने र विवेकशील साझाको उम्मेदवार बन्न इच्छुक नेपालीले पार्टीमा सम्पर्क गर्न पनि आह्वान गरेको छ।
विवेकशील साझाले मूख्य चुनावी नारा ‘अबको आशा: विवेकशील साझा’ तय गरेको छ।
यो पनि
राजधानीमा लिफ्ट मागिदिने केटी