माले सांसद महरा माओवादी प्रवेश


नेकपा मालेकी सांसद कलसादेवी महरा नेकपा माओवादी केन्द्र प्रवेश गरेकी छिन्।

कञ्चनपुरबाट राजनीति गर्दै आएकी उनलाई नेकपा मालेले समानुपातिकतर्फको सांसद बनाएको थियो। संघ र प्रदेशको निर्वाचन नजिकिदैँ जाँदा महरा माओवादी केन्द्र प्रवेश गरेकी हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पेरिसडाँडामा टीका लगाएर पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेश कार्यक्रममा महराले नेपालको राजनीति यतिबेला ध्रुविकरणबाट अगाडि बढेको बताए।

उनले स्थानीय तहको निर्वाचनका बेला माओवादीमा ध्रुविकरण तीव्र भएको उल्लेख गर्दै दुई नम्बर प्रदेशमा १५ दिन मात्र ढिला निर्वाचन भएको भए माओवादी केन्द्र पहिलो पार्टी बन्ने अवस्था रहेको दाबी गरे। प्रचण्डले अहिलेको परिवर्तनको बाहेक माओवादी भएकाले सबै राजनीतिक कार्यकर्ता माओवादीमा ध्रुव्रिकृत भैरहेको बताए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.