चुनावसम्म सरकार नछाड्ने माओवादी पोलिटब्यूरोको निर्णय

चुनावसम्म सरकार नछाड्ने माओवादी पोलिटब्यूरोको निर्णय


सत्ता साझेदार नेकपा माओवादी केन्द्रले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न नभएसम्म सरकार नछाडने स्पष्ट पारेको छ।

शनिवार सम्पन्न पार्टी पोलिटब्यूरो बैठकले आगामी मंसिर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न नभएसम्म सरकार नछाडने निर्णय गरेको हो।

निर्वाचन सम्पन्न गराउने दायित्व पूरा गर्न सरकारमा सहभागी भएकाले सोही अनुसार अघि बढने निर्णय लिइएको पार्टीका नेता वर्षमान पुनले जानकारी दिए। माओवादी केन्द्रले संविधान कार्यान्वयन र चुनाव सम्पन्न गर्ने दायित्व पूरा गर्न केन्द्रित हुन सत्तारुढ काँग्रेसको समेत ध्यानाकर्षण गराएको छ।

माओवादी केन्द्रले एमाले र नयाँ शक्ति पार्टी, नेपालसँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति इमान्दारिताका साथ पालना गर्ने निर्णय पनि गरेको छ। वाम एकताको वैचारिक आधार तय गर्न आवश्यक वहसलाई पनि अघि बढाउने निर्णय लिइएको नेता पुनले बताए।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले एमाले र नयाँ शक्ति पार्टीसँग प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति गर्नुको औचित्यमाथि प्रष्ट पारेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.