प्रधानमन्त्री देउवा र चिनियाँ राजदूतबीच भेट


प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि चिनियाँ राजदुत यू होङबीच शनिबार भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको बताइएको छ।

नेपालमा पछिल्लो समय राजनीतिक दलहरूबीच ध्रुवीकरण भइरहेका बेला उत्तरी छिमेकी दूतसँग प्रधानमन्त्री देउवाले छलफल गरेका हुन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.