पार्टी फुटेपछि राप्रपाले गर्‍यो युवक संगठन पुनर्गठन

केन्द्रीय सचिवमा थापा र उपत्यका संयोजकमा कटवाल


राप्रपा फुटेपछि राप्रपाले युवक संगठन पुर्नगठन गरेको छ। राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन पुर्नगठन गरी त्यसको अध्यक्षको जिम्मेवारी प्रकाश रिमाललाई दिएको छ। रिमाल यस अघि पनि अध्यक्ष थिए।

केन्द्रीय सचिवमा अभिषेक थापा र उपत्यका संयोजकको जिम्मेवारी कैलाश कटवालले पाएका छन् ।  युवक संगठनमा रहेका केही नेताले चुनाव लड्ने तर्खरमा राजीनामा दिएका छन् भने केही पार्टी फुटेर बनेको नयाँ पार्टी राप्रपा प्रजातान्त्रिकमा गएका थिए।

खाली रहेका स्थानमा नयाँ कार्यकर्तालाई जिम्मेवारी दिएको राप्रपाले जनाएको छ।

 

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.