गठबन्धनमा लाग्नेभन्दा पनि पार्टीभित्रको एकता बलियो बनाउनुपर्छ : नेत्री सुजाता


नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले गठबन्धनका विरुद्ध गठबन्धनले मुलुकलाई फाइदा नपुग्ने बताएकी छन्।

वाम गठबन्धन भएपछि बृहत् प्रजातान्त्रिक मोर्चा बनाउने तयारीमा रहेको कांग्रेसले गठबन्धनमा लाग्नेभन्दा पनि पार्टीभित्रको एकता बलियो बनाउन लाग्नुपर्नेमा जोड दिईन्।

मण्डिखाटारस्थित निवासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले भनिन्, ‘कांग्रेसले ‘लेफ्टिस्ट’ वा ‘राइटिस्ट’ कुनै गठबन्धन बनाउनुहुँदैन बरु दुवैलाई डोर्‍याएर हिँड्नुपर्छ।’

उनले कांग्रेस बृहत् पार्टी भएकाले कम्युनिष्टहरू मिलेर के गर्छन् भन्ने चिन्ताभन्दा पनि कांग्रेसले कसरी मुलुकलाई एकता र सहमतिका साथ अघि बढाउने भन्नेतर्फ ध्यान दिन जरुरी छ भनिन्।

नेत्री कोइरालाले छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध समदूरीमा राख्नुपर्ने बताईन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.