समाजवादी फाेरमका उपमहासचिव अभिषेकप्रताप शाह कांग्रेस प्रवेश गर्ने तयारीमा


संघीय समाजवादी फाेरमका उपमहासचिव एवम् सांसद अभिषेकप्रताप शाह नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन्।

शाह कांग्रेस प्रवेश गर्ने तय भइसके पनि प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तताले गर्दा केही ढिलो भएको कांग्रेसका एक नेताले सेताेपाटीलाई बताए । ‘नेपाली कांग्रेसमा अाउने सहमति भइसकेको छ। परिवर्तित घटनाक्रमले प्रधानमन्त्री अाउन पाउनुभएकाे छैन।’ ती नेताले भने, ‘प्रधानमन्त्रीकाे समय मिल्नसाथ उहाँ पार्टी प्रवेश गर्नुहुन्छ।’

शाह कपिलवस्तु क्षेत्र नम्बर पाँचबाट फाेरमका तर्फबाट निर्वाचित सांसद हुन् । पहिलो संविधानसभामा पनि उनी निर्वाचित भएका थिए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.