पार्टी एकता संयोजन समितिमा परेनन् झलनाथ


नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकीकरणको तयारीका लागि बनाएको पार्टी एकता संयोजन समितिबाट एमालेका वरिष्ट नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल बाहिरिएका छन्।

एमालेले संयोजन समितिमा अध्यक्ष केपी ओली, वरिष्ट नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमलाई राखेको थियो। तर, झलनाथ खनाललाई हटाएर एमालेले उनको स्थानमा महासचिव ईश्वर पोखरेललाई संयोजन समितिमा ल्याएको हो।

माओवादी केन्द्रबाट भने अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा ‘बादल’ संयोजन समितिमा रहेका छन्। झलनाथलाई हटाएर ईश्वर पोखरेललाई ल्याउनुको कारणबारे भने खुलिसकेको छैन।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.