समाजवादी फोरमसँग चुनावी तालमेलकाे तयारीमा राजपा


राष्ट्रिय जनता पार्टी(राजपा)नेपाल अध्यक्ष मण्डलका हृदयेश त्रिपाठीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संघीय समाजवादी फोरमसँग तालमेल गरेर जानुपर्ने बताएका छन्।

दुई नम्बर प्रदेशको नतिजाले राजपा र फोरमबिचको तालमेल जरुरी देखिएको उनले बताए ।

‘प्रदेश नम्बर १,५ र ७मा तालमेल गर्नु नगर्नुले अर्थ राख्दैन’सेतोपाटीसँग त्रिपाठीले भने,‘निर्वाचनमा तालमेलको लागि अनौपचारिक संवाद भइरहेको छ।’

समाजवादी फोरमसँग तालमेल गर्ने विषयमा पार्टीभित्र पनि एकमत रहेको उनले बताए ।संविधान संशोधनको मुद्दालाई अघि बढाउन पनि दुई दलको तालमेल अनिवार्य रहेको बताए ।अन्य प्रदेशको क्षेत्र निर्धारणको संरचना नै तालमेल गर्न नसकिने खालको रहेको त्रिपाठीले बताए ।

प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचनमा १३६ तह मध्य फोरमले २६ र राजपाले २५ स्थानमा विजय हासिल गरेका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.