भद्रपुर नगरपालिकाको बजेट पारित


भद्रपुर नगरपालिकाले आव २०७४/७५ का लागि  ६० करोड ७० लाख ६० हजार ८ सय ४० रुपैयाँ बराबरको आयव्यय विवरण पारित गरेको छ।

नगर प्रमुख जीवनकुमार श्रेष्ठले नगरपालिकाको एक वर्षमा गरिने कार्यक्रमसहित नीति तथा कार्यक्रममा भौतिक पूर्वाधारको विकास, पर्यटन प्रवद्र्धन तथा कृषिको व्यवसायीकरण, वातावरण संरक्षण, रोजगारीको अवसरमा वृद्धि लगायत योजना प्रस्तुत गरेका हुन् ।

राजस्व बाँडफाँटमा कुल बजेटको नौ प्रतिशत, प्रशासनिक खर्च, ६ दशमलव २९ प्रतिशत कार्यक्रम खर्च १६ प्रतिशत सामाजिक सुरक्षा खर्च, २१ दशमलव ६८ प्रतिशत, सशर्त अनुदान, १७ दशमलव १३ प्रतिशत, बजेट विनियोजन गरिएको नगरपालिकाका इञ्जिनियर योगेन्द्र रञ्जितकारले जानकारी दिए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.