शिक्षा ऐन नवौं संशोधन विधेयक फिर्ता लिन मिल्दैन-सभामुख घर्ती


सभामुख ओनसरी घर्तीले संसदबाट पारित ‘शिक्षा ऐन नवौं संशोधन विधेयक’ फिर्ता लिन नमिल्ने बताएकी छन् ।

सभामुख घर्तीले ‘शिक्षा ऐन नवौं संशोधन विधेयक’ मा कहीकतै त्रुटि भए संशोधनको प्रक्रियाबाट सच्याउन सकिने पनि स्पष्ट पारिन् ।

विधेयक फिर्ता लिन माग गर्दै सोमबार आफूलाई ज्ञापन पत्र बुझाउन पुगेका विद्यार्थी संगठनका नेताहरूमाझ उनले संसदले पारित गरेका कुनै पनि विधेयक फिर्ता लिन मिल्ने प्रावधान नरहेको स्पष्ट पारिन् ।

यता, विद्यार्थी संगठनहरूले भने शैक्षिक क्षेत्रलाई ध्वस्त बनाउने गरी विधेयक पारित गरिएको भन्दै सरकार र राजनीतिक दलहरूलाई पनि तत्काल फिर्ता लिन ज्ञापन पत्रमार्फत दबाब दिइसकेका छन् । विधेयकमा ७५ प्रतिशत शिक्षक नियुक्ति आन्तरिक प्रतिस्पर्धाबाट हुने व्यवस्था गरिएकोमा विद्यार्थी संगठनहरूको आपत्ति छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.