सबैको चासो विषय बनेको नेपालीकै कान्छो र दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा संघीय समाजवादी फोरमले अग्रता बढाउँदै लगेको छ।
मंगलवार मतगणना सुरू भएदेखि कहिले पहिलो र कहिले दोस्रो स्थानमा रहँदै आएका नेपाली कांग्रेसको मेयर प्रत्यासी अजय कुमार द्वीवेदीलाई संघीय समाजवादी फोरम नेपालका प्रत्यासी विजय कुमार सरावगीले फराकिलो मतान्तरमा उछिनेका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार संघीय समाजवादी फोरम नेपालका विजय कुमार सरावगीले १४६७७ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेद्वार अजय द्वीवेदीले १३५५४ मत पाएका छन्। मतगणनाको दोस्रो दिनदेखि पहिलो स्थानमा रहँदै आएका नेपाली कांग्रेसका द्विवेदी सरावगीभन्दा ११२३ मत पछाडि परेका छन्।
यस्तै उपमेयरमा भने नेपाली कांग्रेसले फराकिलो अग्रता बनाएको छ। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसकी उम्मेद्वारले १५६६५ मत ल्याउँदा संघीय समाजवादी फोरमका उम्मेद्वारले १३९९१ मत ल्याएकी छन्।