स्थानीय तह निर्वाचनको तेस्रो चरण अन्तर्गत प्रदेश नम्बर २ मा असोज २ गते भएको स्थानीय तह निर्वाचनको मतगणना अझै जारी छ। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार अहिलेसम्म १३३ स्थानीय तहको अन्तिम मत परिणाम आइसकेको छ। १ सय ३६ तहमध्ये अब ३ स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी छ। बाँकी तहमा मतगणना जारी छ।
अहिलेसम्म नेपाली कांग्रेस ३९ स्थानीय तहमा विजयी भएको छ। संघीय समाजवादी फोरम २५ तहमा विजयी भएको छ भने राजपा २४ स्थानीय तहमा विजयी भएको छ।
माओवादी केन्द्र २१ स्थानीय तहमा विजयी हुँदा नेकपा एमाले १८ तहमा विजयी भएको छ। लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी १ स्थानमा विजयी भएको छ।
अब बाँकी रहेको ३ स्थानीय तहमा संघीय समाजवादी फोरम २ र नेकपा एमाले १ स्थानमा अग्रता लिएका छन्।
को कहाँ अगाडिएमालेले अग्रता लिएका स्थानीय तहबारा :-कलैया उपमहानगरपालिका विनोद शाह
संघीय समाजवादी फोरमले अग्रता लिएका स्थानपर्सा:-वीरगञ्ज महानगरपालिका विजय कुमार सरावगी
सप्तरीः- राजबिराज नगरपालिका भिमराज यादव