संसद भवन अगाडि धर्ना दिन गएका १५ जना डाक्टर पक्राउ


संसद भवन बानेश्वरबाट १५ जना डाक्टर पक्राउ परेका छन्। संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको भन्दै उनीहरू बिहान ९ बजे संसद भवन अगाडि प्रदर्शन गर्न पुगेका थिए ।

पक्राउ पर्नेमा डा गोविन्द केसीका समर्थकहरु डा. जीवन क्षेत्री, डा अभिशेषक सिंह, आईओएमका विद्यार्थी विशद दाहाललगायत छन् ।

जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन आउन लागेको पुष्टि भएको भन्दै आजै ११ बजे डा.गोविन्द केसी १२औं अनशन बस्ने भएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.