जनकपुर उपमहगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार निर्वाचित भएका छन्।
राजपाका मेयर पदका उम्मेदवार लालकिशोर साह मेयरमा निर्वाचित भएका हुन् ।
उपमेयरमा पनि राजपकै उम्मेदवार विजयी भएका छन् ।प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार भन्दा साह १० हजार भन्दा बढी मत अन्तरले विजयी भएका हुन्। साह विजयी भएको औपचारिक घोषणा हुन बाँकी रहेको छ।