महोत्तरीका १५ वटै तहको मतगणना सकिएको छ। मतगणना थालिएको ६ दिनपछि महोत्तरीको सबै स्थानीय तहको मतगना सकिएको हो । महोत्तरीमा सबैभन्दा बढी ७ स्थानीय तह जितेको राजपा ठूलो पार्टी बनेको छ। उसले महोत्तरीमा ३९ वटा वडाध्यक्षसमेत जितेको छ।
यस्तै ४ स्थानमा विजयी भएको माओवादी केन्द्र दोस्रो तथा ३ स्थानीय तहमा विजयी भएको नेपाली कांग्रेस तेस्रो पार्टी भएको छ। माओवादीले २६ वटा वडा जित्दा नेपाली कांग्रेसले ३७ वटा वडा जितेको छ।
संघीय समाजवादी फोरम नेपाल १ स्थानमा विजयी भएको छ। उसले २० वटा वडामा अध्यक्ष जितेको छ।
नेकपा एमालेले भने महोत्तरीमा ८ वटा वडाबाहेक मेयर, उपमेयर, प्रमुख, उपप्रमुख कुनै पनि पदमा जित हात पार्न सकेन।