साँझ ५:३० बजेसम्मको अन्तिम मत परिणाम, अब ९ स्थानमा आउन बाँकी


१ सय ३६ स्थानीय तह रहेका प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको सातौ दिन आइतबार मध्यान्ह १२ सम्म १ सय २७ स्थानीय तहको मात्र परिणाम आएको छ। असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र आइसक्ने निर्वाचन आयोगले बताएको थियो। तर, मत गन्ने काम सुस्त भएकाले अझै केही दिन लम्बिने देखिएको छ ।

अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली काँग्रेसले सर्वाधिक ३७ तह जितेर आफूलाई शीर्ष स्थानमा राखेको छ ।

दोस्रो स्थानको संघीय समाजवादी फोरमको २३, राजपाले २३, माओवादी केन्द्रको २१, एमालेले १७, नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ।

१३६ स्थानीय तहको छिनोफानो हुँदै गर्दा काँग्रेस २, संघीय फोरम ३, माओवादी २, एमाले २ तहमा अगाडि छन्।

को कहाँ अगाडि

कांग्रेसले अग्रता लिएका स्थानीय निकाय

  1. बारा :-बारागढी गाउँपालिका देवदत्त बछारु थारु
  2. रौतहट:-गरुडा नगरपालिका सुनिलकुमार यादव

माओवादीले अग्रता लिएका स्थानीय निकाय

  1. धनुषा:-सबैला नगरपालिका अक्षयलाला यादव
  2. बारा :-आदर्श कोटवाल गाउँपालिका शम्भु महतो मण्डल

एमालेले अग्रता लिएका स्थानीय तह

  1. बारा :-कलैया उपमहानगरपालिका विनोद शाह
  2. बारा :-कोल्हवी नगरपालिका भरतबहादुर भण्डारी

संघीय समाजवादी फोरमले अग्रता लिएका स्थान

  1. सप्तरीः- राजबिराज नगरपालिका भिमराज यादव
  2. सर्लाही :-कविलासी नगरपालिका ब्रमहदेव राय
  3. पर्सा:-वीरगञ्ज महानगरपालिका विजय कुमार सरावगी

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.