वीरगन्ज महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालबीचको मतान्तर ३८ पुगेको छ। पछिल्लो नतिजामा कांग्रेसका अजय द्विवेदीले ९१९४ मत ल्याएका छन् भने फोरमका विजय सरावगीले ९२९२ मत पाएका छन्।
दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगन्जको जारी मतगणनामा मेयरका लागि नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका उम्मेदवारबीच टक्कर छ। सुरूमा राजपाले अग्रता लिएको वीरगन्जमा पछिल्लो समय कांग्रेस र संघीय समाजवादी फोरमले आलोपालो अग्रता लिइरहेका छन्। आइतबार बिहान ६ बजेको मत परिणाम अनुसार कांग्रेसलाई उछिन्दै फोरम नेपालले अग्रता लिएको हो।
यस्तै उपमेयरमा भने नेपाली कांग्रेसले फराकिलो अग्रता लिएको छ। झन्डै फोरम उम्मेद्वारभन्दा २ हजार मतले कांग्रेसकी उम्मेद्वार अगाडि छन्।
वीरगञ्ज महानगरपालिका, पर्सा
संघीय समाजवादी- मेयर ९२३२
संघीय समाजवादी फोरम- उपमेयर ८६४२
नेपाली कांग्रेस- मेयर ९१९४
नेपाली कांग्रेस- उपमेयर- १०५५८
राजपा- मेयर- ६४०९
रापजा- उपमेयर-५५२१