कम्युनिष्टहरू पैसाको खोलो बगाएर चुनाव जित्छन् : नेता पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वहारा वर्गको पार्टी भन्ने कम्युनिष्ट पार्टीहरुले पैसाको खोलो बगाएर चुनाव जित्ने गरेको आरोप लगाएका छन्।

तनहुँको बन्दीपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कांग्रेसलाई धनीमानीको पार्टी भन्ने आरोप लगाउने तर चुनावमा करोडौंको खोलो बगाएर चुनाव जित्ने कसरी सर्वहारा हुन सक्छन भनी प्रश्न गरे।

नेता पौडेलले कांग्रेस किसानको पार्टी र श्रमिकको साथ भएको बताए। नेता पौडेलले कम्युनिष्टहरुले मान्छेको टाउको काटेर क्रान्ति गरेको उल्लेख गदै कांग्रेसले क्रान्तिको सुरुआत हलो जोतेर मजदुर आन्दोलन गरेर सुरु गरेको बताए।

पौडेलले कांग्रेस कुनै व्यक्तिलाई सम्पन्न बनाउन नभई सबै नेपालीलाई सम्पन्न बनाउने अभियानमा हिँडेको उल्लेख गरे।

उनले कांग्रेस सबै नेपालीलाई सम्मानित भएर बाँच्न पाउने अधिकारका लागि लडेको पनि स्पष्ट पारे। उनले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा सबैलाई मिलाएर कांग्रेसले बहुमत ल्याउने दाबी गरे।

‘हामी सबैलाई मिलाएर अब बहुमत ल्याउने बाटोमा छौं। तपाईहरू पनि स्थानीय निर्वाचनका तितामिठा सबै कुरा बिर्सेर आगामी निर्वाचनका लागि जुट्नुस,’ पौडेलले भने।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.