सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्षमा राजपा नेपालका अध्यक्ष मण्डलका राजेन्द्र महतोका दाई महेन्द महतो विजयी भएका छन्।
महतो नेपाली काँग्रेसका उम्मेदवार श्याम प्रसाद सिंहलाई ११४६ मतले पछि पार्दै अध्यक्ष पदमा विजय भएका हुन्। महतोले ३७६१ मत ल्याएका थिए भने उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार श्याम प्रसाद सिंहले २६१५ मत ल्याएका छन् ।
त्यसैगरी उपाध्यक्षमा पनि राजपा नेपालकै बिणा देवी साहले ३६६३ मत ल्याएर बिजय भएकी छिन् । साहले नेपाली कांग्रेसका उपाध्यक्षका उम्मेदावर शान्ति देवी साहलाई १४१४ मतले पछि पार्दै विजय भएकी हुन्। शान्ति देवी साहले २२४९ मत ल्याएकी छिन् ।