फोरम नेपालको जीत संख्या २० पुग्यो, बाराको सुवर्णमा यादव


बाराको सुवर्ण गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका महेन्द्र यादव विजयी भएका छन्।

यादवले ३०६५ मत ल्याई विजयी भएका हुन्। यादवका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजेश यादवले २६९० मत पाए।

फोरमकै बबिता यादव ३४७५ मत ल्याई उपाध्यक्षमा विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रमितादेवी यादवले १९८७ मत प्राप्त गरिन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.