धनुषामा राजपालाई भारी मतको अग्रता


जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले भारी मतले अग्रता लिएको छ।

सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार राजपाले कांग्रेसलाई ९ हजार ६ सय ४१ मतले पछि पारेको छ। राजपका मेयर उम्मेद्वार लालकिशोर साहले १४ हजार १ सय २९ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका मनोज साहले भने ५ हजार ४ सय ८८ मत मात्रै पाएका छन्।

तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार लक्ष्मीनारायण भगतले १ हजार ८८ मत पाएका छन् । उपमेयरमा पनि राजपा नै अगाडि रहेको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.