सप्तरीका १८ मध्ये १३ को नतिजा आयो, कांग्रेस ५ र  फोरम ४ तहमा विजयी, माओवादी शून्य


नौ नगरपालिका र ९ गाउँ पालिका रहेको सप्तरीमा १३ स्थानीय तहको अन्तिम नतिजा आइसकेछ। हालसम्म सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेस ५ र संघीय समाजवादी फोरमले ४ ठाउँमा विजय हासिल गरेका छन्।

राजपाले ३ ठाउँमा जितेको छ। एमाले र नयाँ शक्ती पार्टीले १–१ स्थानमा विजयी भएका छन्। मत गणना भइरहेका चार तहमध्ये नेपाली कांग्रेस, फोरम, एमाले र राजपा १–१ तहमा अगाडि छन्।

नेकपा माओवादी केन्द्रले भने सप्तरीमा कुनै पनि स्थानीय तहमा विजय हासिल गरेको छैन। उसले अग्रता समेत लिन सकेको छैन। २०७० सालको संविधान सभा निर्वाचनमा सप्तरीमा पहिलो दल बनेको माओवादीले स्थानीय निर्वाचनमा भने नमिठो पराजय भोगेको छ।

 

नेपाली कांग्रेस विजयी भएका स्थानीय तहहरू

  1. कृष्णासवरन गाउँपालिका पर्शुराम चौधरी (३,३९५)
  2. बेल्ही चपेना गाउँपालिका प्रमानन्द यादव (३,५४५)
  3. बिष्णुपुर गाउँपालिका निलाम्वर यादव (१,०८४)
  4. सुरङ्गा नगरपालिका- मुक्तिनाथ चौधरी ५२७९
  5. खडक नगरपालिका- किरणकुमार भगत

कांग्रेसको अग्रता

  1. कञ्चनरुप नगरपालिका

फोरम विजयी स्थानीय तहहरु

  1. तिरहुत गाउँपालिका हेमन्त कुमार बहडखोर (२,९४२)
  2. वलान–विहुल गाँउपालिका-हेमन्तकुमार बहरखेर-२२८०
  3. बोदेबरसाइन नगरपालिका-आतेशकुमार सिंह -४५४७
  4. महादेवा गाउँपालिका-दिपक कुमार यादव —३०९१ मत

फोरमको अग्रता

  1. राजविराज नगरपालिका

राजपा विजयी भएका स्थानीय तहहरु

  1. डाक्नेश्वरी नगरपालिका शिव नारायण साह (३,८८०)
  2. रुपनी गाउँपालिका हरेराम यादव (४,०६८)
  3. तिलाठी कोइलाडी गाउँपालिका-२९८७

राजपाको अग्रता

  1. हनुमाननगर कङ्कालीनी नगरपालिका

एमाले विजयी स्थानीय तह

सप्तकोशी नगरपालिका उतम कुमार शर्मा (३,०३९)

एमालेको अग्रता

१.शम्भुनाथ नगरपालिका

नयाँ शक्ति विजयी भएको स्थानीय तह

छिन्नमस्ता गाउँपालिका- सूर्यनारायण मण्डल ‘कुरूड’-२८०५ मत

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.