सिरहामा माओवादी केन्द्रको छैठौ जित, गोलबजार जितेसँगै बन्यो जिल्लाको ठूलो पार्टी


सिरहाको गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

माओवादी केन्द्रका देवनाथ साह ६ हजार ४ सय ४३ मत ल्याएर विजयी भएका छन्। उनका निकट्तम प्रतिद्धन्दी नेकपा एमालेका श्यामकुमार श्रेष्ठले ५ हजार ८९ मत ल्याएका छन्। उपमेयरमा माओवादी केन्द्रकै रेश्माकुमारी थापा विजयी भएकी छन् । उनले ६ हजार ३ सय ४९ मत पाएकी छन् । उनकी निकटतम प्रतिद्धन्दी एमालेकी सुनिता देवी सिंहले ४ हजार ९ सय २५ मत पाएकी छन्।

गोलबजारको जित सँगै सिरहाका १७ स्थानीय तहमा माओवादीले ६ स्थान आफ्नो पोल्टामा पारेको छ । माओवादीले कर्जन्हा नगरपालिका,औरही नगरपालिका,अर्नमा गाँउपालिका,मिर्चैया नगरपालिका,धनगढीमाई नगरपालिकामा पनि विजय हासिल गरेको छ ।

अहिलेसम्म सिरहामा १६ स्थानीय तहको नतिजा आइसकेको छ। सिरहा नगरपालिकामा भने नेकपा एमालेको अग्रता रहेको छ । सिरहा नगरमा जुन पार्टीले जिते पनि माओवादी केन्द्र नै अगाडि हुनेछ।

मतपरिणाम आएका स्थानीय तहमा संघीय समाजवादी फोरम दोस्रोमा रहेको छ । उसले चार तहमा विजय हासिल गरेको छ। लक्ष्मीपुर पतारी गाँउपालिका, बरियापट्टि गाँउपालिका, भगवानपुर गाँउपालिका र विष्णुपुर गाँउपालिकामा समाजवादी फोरम विजयी भएको छ।

एमालेले लहान नगरपालिका, नरहाँ गाउपालिका, सुखुवानाचारकट्टी गाँउपालिका र सुखीपुर नगरपालिका जितेको छ ।

नेपाली कांग्रेस कल्याणपुर नगरपालिका र नवराजपुर गाँपालिकामा विजयी भएको  छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.