एमाले नेता माधवकुमार नेपालको गृह जिल्लासमेत रहेको रौतहटमा नेपाली कांग्रेसले विजय र्याली गरिरहँदा नेकपा एमालेका नेता कार्यकर्ता भने घरभित्रै छन्। अठार स्थानीय तह भएको रौतहटमा एमालेले कुनै तह जित्न सकेको छैन। गणना बाँकी रहेको २ स्थानमा पनि एमाले अगाडि आउन चमत्कार नै हुनुपर्छ।
अठार मध्ये ८ स्थानीय तहमा जीत हात पार्दै कांग्रेस रौतहटको सबैभन्दा ठूलो पार्टी बनेको छ। एमालेको बीउ चन्द्रपुरको उपमेयरले जोगाएकी छिन्। अन्यत्र समेत एमालेले उपमेयर र उपप्रमुख जित्न सकेको छैन। संघीय फोरमले तीन स्थानमा जीतको छ। माओवादी र राजपाले दुईदुई स्थानमा बाजी मारेको छन्। फोरम लोकतान्त्रिकले एक स्थानमा जीत हात पारेको छ।
गणना जारी रहेको गरूडामा पनि कांग्रेस र संघीय फोरमबीच प्रतिष्पर्धा छ। त्यस्तै कटहरियामा पनि संघीय फोरम, कांग्रेस र माओवादीबीच त्रिपक्षीय प्रतिष्पर्धा छ। त्यहाँ कांग्रेस अगाडि छ। कहाँ कहाँ कुन पार्टीले जिते
नेपाली कांग्रेस
गढीमाई नगरपालिका - श्याम यादव
राजदेवी - धीरेन्द्रकुमार सिंह
वृन्दावन - रामस्नेही यादव
दुर्गाभगवती - अरुण शाह
चन्द्रपुर - रामचन्द्र चौधरी
परोहा - शेख वकिल
फतुवा विजयपुर - गोपाल राय यादव
राजपुर - मुहम्मद सकिल अक्तर
संघीय समाजवादी फोरम नेपालदेवाही गोनाही - धर्मेन्द्रप्रसाद पटेल
बैधीमाई - राजीवरंजन यादव
माधव नारायण - वीरेन्द्रप्रसाद यादव
नेकपा माओवादी केन्द्रमौनापुर - रीनाकुमारी शाह
यमुनामाई - श्रीप्रसाद मुखिया बीन
राजपागौर - अजय गुप्ता
गुजरा - सन्तलाल चौधरी
फोरम लोकतान्त्रिकईशनाथ नगरपालिका - सन्तोषकुमार मेहता
गणना जारीगरुडा- कांग्रेस
कटहरिया- कांग्रेस