एमालेले ११ स्थान जित्यो, अझै ८ स्थानमा अग्रता


प्रदेश नम्बर दुईको अन्तिम मतपरिणाम आउन बाँकी ४२ स्थानीय तहमध्ये नेकपा एमालेले ८ वटा स्थानीय तहमा अग्रता लिएको छ।

नेकपा एमालेले सबैभन्दा बढी बारामा ३ वटा स्थानीय तहमा अग्रता लिएको छ।

बाराको कलैया उपमहानगरपालिका र जीतपुर सिमरा उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ । बाराकै कोल्हवी नगरपालिकामा पनि एमाले नै अगाडि छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका र हरिवन नगरपालिकामा पनि एमालेको अग्रता छ। महोत्तरीको पिपरा नगरपालिकामा एमालेले अग्रता लिएको  । महोत्तरीमा यो मात्रै एउटा नगरपालिका हो जसमा एमाले अग्रता कायम राखेको  छ। सिरहाको सिरहा नगरपालिकामा एमालेले अग्रता लिएको छ।

यस्तै पर्साको जिराभवानी गाँउपालिकामा पनि एमालेको अग्रता लिइरहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.