सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा राजापाका उम्मेद्वार विजयी भएक छन्। हालै सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा सतिस सिंह र उपाध्यक्षमा सुचिता यादव विजयी भएका हुन्।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा राजपा विजयी भएको छ। राजपाका सतिश कुमार सिंह अध्यक्षमा निर्वाचित भएका छन् । सिंहले २९८७ मत ल्याएका छन्। उनका निटकतम प्रतिद्धन्दी अरुणकुमार मण्डलले २८७२ मत ल्याएका छन् ।
उपाध्यक्षमा पनि राजपाले जितेको छ । राजपाकी सुचिताकुमारी यादव २९९६ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्दी अनुपम सिंहले १९७३ मत आएको छ।