सर्लाहीको लालबन्दी नगरपालिकाको मेयर र उपमेयरमा दुबैमा एमालेले जित हासिल गरेको छ। राति अबेर सम्पन्न मत गणना अुनसार एमालेका मानबहादुर खड्काले ८ हजार ९ सय ४९ मत ल्याई मेयरमा जितेका हुन्। निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका इन्द्रबहादुर योन्जनले ५ हजार ६ सय ३९ मत ल्याए ।
त्यसैगरी उपमेयरमा एमालेकी शान्ति कुमारी लामा ७ हजार ९ सय ३४ मत ल्याइ विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी शान्ता उपाध्यायले ५ हजार ५ सय ६१ मत ल्याइन् ।
जिल्लाको ११ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । लालबन्दीको परिणाम सार्वजनिक भएसँगै एमालेले पहिलो पटक एक स्थान जतेको हो ।