सप्तरीको वलान–विहुल गाँउपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ ।
समाजवादी फोरका हेमन्तकुमार बहरखेर विजयी भएका हुन्। उनले २ हजार २ सय ८० मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका देवनारायण गोईत यादवले १ हजार ३ सय २२ मत ल्याएका छन् ।
उपमेयरमा पनि फोरमकै तिर्थमाया मंडल खंगले १ हजार ८ सय २ मत ल्याएकी छन् । उनकी निकटतम प्रतिद्धन्दी राजपाकी रेखाकुमारी मेहताले १ हजार ४ सय ७८ मत ल्याएकी छन्।
फोरम तिरहत गाँउपालिकामा पनि विजयी भइसकेको छ । फोरमले दुई नम्बर प्रदेशमा १५ स्थानीय तहमा विजय हासिल गरेको छ।