रौतहट कांग्रेसको पोल्टामा, एमालेको बिउ जोगाइन् चन्द्रपुरको उपमेयरले


१८ स्थानीय तह भएको रौतहटमा नेपाली कांग्रेसले बाजी मारेको छ। जसमध्ये सात स्थानीय तहमा जीत हात पार्दै कांग्रेस रौतहटको सबैभन्दा ठूलो पार्टी बनेको छ।

नेकपा एमाले भने कुनै पनि स्थानीय तहमा प्रमुख जित्नबाट असफल भएको छ।

एमालेको बीउ चन्द्रपुरको उपमेयरले जोगाएकी छिन्। अन्यत्र समेत एमालेले उपमेयर र उपप्रमुख जित्न सकेको छैन। रौतहटमा माओवादी र संघीय फोरमले समान दुई दुई स्थानमा जीतेका छन्।

राजपा र फोरम लोकतान्त्रिकले एक एक स्थानमा जीत हात पारेका छन्।

एमालेका बरिष्ट नेता माधवकुमार नेपालको क्षेत्र समेत रहेको रौतहटमा एमाले स्थानीय निर्वाचनको परिणाममा लज्जास्पद अवस्थामा पुगेको हो।

गणना जारी रहेको ठाउँमा समेत एमालेको प्रतिष्पर्धामा छैन।

गणना जारी रहेको माधव नारायणमा संघीय फोरम अगाडि छ भने गुजरामा राजपा अगाडि छ। ‍गरूडामा पनि कांग्रेस र संघीय फोरमबीच प्रतिष्पर्धा छ। त्यस्तै कटहरियामा संघीय फोरम, कांग्रेस र माओवादीबीच प्रतिष्पर्धा छ। त्यहाँ कांग्रेस अगाडि छ।

नेपाली कांग्रेस

  • गढीमाई नगरपालिका – श्याम यादव
  • राजदेवी – धीरेन्द्रकुमार सिंह
  • वृन्दावन – रामस्नेही यादव
  • दुर्गाभगवती – अरुण शाह
  • चन्द्रपुर – रामचन्द्र चौधरी
  • परोहा – शेख वकिल
  • फतुवा विजयपुर – गोपाल राय यादव

माओवादी केन्द्र

  • मौनापुर – रीनाकुमारी शाह
  • यमुनामाई – श्रीप्रसाद मुखिया बीन

संघीय फोरम

  • देवाही गोनाही – धर्मेन्द्रप्रसाद पटेल
  • बैधीमाई – राजीवरंजन यादव

राजपा

  • गौर – अजय गुप्ता

फोरम लोकतान्त्रिक

  • ईशनाथ नगरपालिका – सन्तोषकुमार मेहता

गणना जारी भएका ठाउँहरू

  • गरुडा-कांग्रेस
  • कटहरिया-नेपाली कांग्रेस
  • माधव नारायण- संघीय समाजवादी फोरम
  • राजपुर- समाजवादी फोरम
  • गुजरा-राजपा

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.