रौतहटको वृद्धावन र दुर्गाभगवतीमा कांग्रेस विजयी


रौतहटको वृद्धावन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामस्नेही यादव विजयी भएका छन्। कांग्रेसले उपमेयरमा समेत जीत हात पारेको छ। वृन्दावनको उपमेयरमा कांग्रेसकै नुरजहा विजयी भएकी छिन्।

मेयरमा उनको निकटतम प्रतिष्पर्धी एमालेका बिनोदप्रसाद कुर्मी भए। माओवादी केन्द्र तेश्रो स्थानमा रह्यो।

यस्तै रौतहटकै दुर्गाभवगती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अरुण शाह विजयी भएका छन्। उपाध्यक्षमा पनि कांग्रेसले बाजी मारेको छ। उपाध्यक्षमा कांग्रेसकै मञ्जु देवी विजयी भएको निर्वाचन अधिकृत प्रल्हाद वर्णवालले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.