सिरहाको बरियापट्टी र लक्ष्मीपुर पतारी गाँउपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ। बरियापट्टि गाँउपलिकाको प्रमुखमा सन्तोषकुमार महतो र उपप्रमुखमा रेखाकुमारी यादव विजयी भएका छन् ।
लक्ष्मीपुर पतारी गाँउपालिकाको प्रमुखमा रामबल्लब शाह र उपप्रमुखमा आशादेवी यादव विजयी भएका छन्। यो सँगै फोरमले सिरहाको चार स्थानीय तहमा विजय हासिल गरेको छ। दुई नम्बर प्रदेशमा १४ स्थानमा फोरम विजयी भएको छ।