तेस्रो चरणको स्थानीय तहको निर्वाचन भएका १३६ स्थानीय तह मध्ये सोमबार भएको निर्वाचनमा अहिलेसम्म ८० स्थानको नतिजा आइसकेको छ। १८ स्थानीय तह रहेको धनुषामा १३ स्थानीय तहको अन्तिम मत परिणाम आइसकेको छ। जनकपुर उपमहानगरसहित ६ वटा स्थानीय तहमा नतिजा आउन बाँकी छ।
सेतोपाटीलाई प्राप्त अन्तिम मत परिणाम अनुसार कांग्रेसले धनुषाको ६ स्थानीय तहमा विजय हाँसिल गर्दै अग्र स्थानमा छ भने एमालेले ३ स्थानीय तहमा विजय हाँसिल गरेको छ।
संघीय समाजवादी फोरमले २ स्थानमा विजयी हुँदा राजमा र माओवादी केन्द्रले समान १ १ स्थानमा विजय हाँसिल गरेका छन्।
नेपाली कांग्रेसले जितेका ६ स्थानीय निकाय
- औरही गाउँपालिका:ब्रह्मदेव यादव (२५६९)
- जनक नन्दनी गाउँपालिका:अब्दुल बारिक शेख(२७१७)
- धनौजी गाउँपालिका:बद्रीनारायण सिंह (२४२०)
- क्षिरेश्वर नगरपालिकाः योगन्द्र पन्जियार
- धनुषाधाम नगरपालिका: बालेश्वर मण्डल(४४७३)
- कमला नगरपालिकाः राम उदगार गोइतले - ४०२०
नेकपा एमालेले जितेका स्थानीय निकाय
- मुखियापट्टी मुसहरनिया गाउँपालिका:मनोज यादव(३५४०)
- बटेश्वर गाउँपालिका:डम्बर बहादुर राउत(२३७७)
- मिथिला विहारी नगरपालिका:अनिल यादव (३२४२)
संघीय समाजवादी फोरमले जितेका स्थानीय निकाय
- गणेशमान चारनाथ नगरपालिकाः रामबाबु यादव (३१२७)
- लक्ष्मीनियाँ गाउँपालिका :विन्देश्वर यादव(३५०४)
राजपाले जितेको स्थानीय निकाय
- हंसपुर नगरपालिका:रामज्ञान मण्डल (३३२०)
माओवादी केन्द्रले जितेको स्थानीय निकाय
- शहीदनगर नगरपालिका : उदयकुमार यादव(५०९१)
कहाँ को अगाडिनेपाली कांग्रेस
एमाले
- मिथिला नगरपालिका
- सबैला नगरपालिका
राजपा
माओवादी केन्द्र