२० मतले सिम्रोनगढ नगरपालिकामा राजपालाई कांग्रेसले हरायो


बाराको मधेस बाहुल्य क्षेत्र मानिने सिम्रोनगढ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अन्ततः जित हात पारेको छर सुरूदेखिनै अग्रता लिएको राजपालाई २० मतान्तरले हराउँदै कांग्रेसका बिजय शंकर यादव ५१३५ मत ल्याएर विजयी भएका हुन्। प्रतिस्पर्धी राजपाका किशोर साहले ५११५ मत ल्याए।

उपमेयरमा भने राजपाले जित हात पारेको छ । राजपाकी रीमा देवीले ५५१४ मत ल्याएर विजयी भएकी हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.