एउटाको विजय जुलुस निस्कँदै गर्दा अर्कैलाई विजयी घोषणा गरेपछि …


महोत्तरीको बलवा नगरपालिकाको उपमेयरमा जितेको भन्दै विजय जुलुस निकालिरहेको राजपालाई आयोगले अन्ततः अर्कैं दलको नेता विजयी भएको घोषणा गरेपछि तनावग्रस्त भएको छ।

मेयरमा  हारे पनि उपमेयर जितेपछि राष्ट्रिय जनता पार्टी नेपालले विजय जुलुस निकालेको थियो।

उपमेयरमा विजयी रीतादेवी झासहित जुलस गाउँगाउँ पुग्दै गर्दा निर्वाचन अधिकृतले पठाएको नयाँ  खबरले राजपाका कार्यकर्ताहरू आक्रोशित भए। ‘कम्प्युटरले गडबडी गरेको रहेछ, उपमेयरमा पनि कांग्रेसले नै जितेको छ,’ निर्वाचन अधिकृत  सुदीपकुमार दंगालले भने।

पछिल्लो परिणाम अनुसार उपमेयरमा कांग्रेसकै उम्मेद्वार २०० मतले विजयी भएका छन्। आयोगको यस्तो अभिव्यक्तिले अहिले विवाद भइरहेको छ । यसअघि उपमेयरमा राजपाकी झाले २८३८ मत र कांग्रेकी रामदुलारी देवीले २७२७ मत पाएको भनिएको थियो ।

एक राजपा नेताका अनुसार विजय जुलुस गरिरहेको बेला कांग्रेसकै उम्मेद्वार विजयी भनेपछि विवाद भएको हो।

उनले पुनः मतगणना गर्नुपर्ने भन्दै विरोध गरिरहेको बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.