जनकपुरमा राजपा झन्डै ४ हजारले अगाडि


धनुषाको जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले झन्डै ४ हजार मतले अग्रता लिएको छ। राजपाका मेयर उम्मेदवार लालकिशोर साहले ६०४१ मत ल्याएका छन्।

यो उनका निकट प्रतिद्वन्द्वी कांग्रेसका मनोज साहको भन्दा ३९६२ मत बढी हो। मनोजले २०७९ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा रहेको एमालेका लक्ष्मीनारायण भगतले ८५४ र माओवादी उम्मेदवारले २०६ मत पाएका छन्। संघीय समाजवादी फोरमका मेयर उम्मेदवारले पाएको मत १९५ छ।

उपमेयरमा पनि राजपा नै अगाडि छ। राजपाकी रिता झाले ४०५० मत ल्याएकी छन्। कांग्रेसका उपमेयर उम्मेदवारले १८९५, एमालेले ६३१, फोरम ३०२ र माओवादी २२४ मत ल्याएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.