६ मत बढी ल्याएर गाउँपालिकाको अध्यक्ष बने माअोवादीका यादव


सिरहाको औरही गाउँपालिकामा प्रतिस्पर्धीभन्दा ६ मत बढी ल्याएर माओवादी केन्द्रले अध्यक्ष जितेको छ।

निर्वाचन आयोगका अनुसार औरहीको अध्यक्षमा विजयी माओवादी केन्द्रका सिद्धार्थ यादवले २६५८ मत पाएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी संघीय समाजवादी फोरमका शिवजी यादवले २६५२ मत पाएका छन्।

तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार सुवासकुमार दासले १८३५ मत पाएका छन्। सो गाउँपालिकामा कुल सदर मत ८१६१ थियो। गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवझरीदेवी यादवलाई पराजित गर्दै समाजवादी फोरमकी सिताकुमारी विजयी भएकी छन्। सिताकुमारीले २६३२ मत पाउँदा यादवले २४५९ मत पाएकी छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.