पर्साको ठोरी गाउँपालिकामा माओवादी केन्द्र विजयी


पर्साको ठोरीमा नेकपा माओवादी केन्द्रले गाउँपालिका अध्यक्षमा जीत हात पारेको छ।

नेकपा एमालेका उम्मेदवार लालबहादुर श्रेष्ठलाई पराजित गर्दै माओवादी केन्द्रका पदमलाल श्रेष्ठ विजयी भएका हुन्। विजयी श्रेष्ठले २८०२ मत पाए भने पराजित एमाले उम्मेदवारले २३६३ मत ल्याए।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकै शान्ती थिङ विजयी भएकी छिन्। उनले २४८३ मत प्राप्त गरिन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.