सिरहाको भगवानपुर गाँउपालिकाको अध्यक्षमा समाजवादी फोरम विजयी भएको छ।
समाजवादी फोरमका वेचनप्रसाद यादव अध्यक्षमा र उपाध्यक्षमा फोरमकै सितादेवी यादव विजयी भएका छन्। अध्यक्ष यादवले ३ हजार ५८ मत र उपाध्यक्ष यादवले २ हजार ९ सय ७३ ल्याएको निर्वाचन अधिकृत निधीराज न्यौपानेले सेतोपाटीलाई बताए।
दोश्रोमा रहेका एमालेका अध्यक्ष उम्मेदवार अग्रनारायण यादवले २ हजार ९ सय ७३ मत र एमालेकै उपाध्यक्ष उमेदवार विन्दादेवी यादवले २ हजार ९ सय ११ मत ल्याएका छन् ।
भवानपुरको वाड नम्बर एकमा समाजवादी फोरम,दुई नम्बरमा एमाले,तीन नम्बरमा समाजवादी फोरम,चार नम्बर र पाच नम्बर वडामा एमाले विजयी भएको छ ।