स्थानीय तह निर्वाचन प्रदेश नम्बर २ मा भइरहेको मतगणना अनुसार अहिलेसम्म ४ वटा स्थानीय तहका मत परिणाम सार्वजनिक भइरहेको छ। जसमा रापजा, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र नेकपा एमालेले एक-एक स्थानीय तहमा विजयी हाशिल गरिसकेका छन्।
जसअनुसार संघीय समाजवादी फोरमबाहेक सबैले नगरपालिकामा मेयर र उपमेयर दुबै जितेका हुन्।
कहाँ कसले जिते?
सप्तरीबाट एमालेले मेयर जितेर खाता खोल्योनेकपा एमालेले पनि सप्तरीबाट प्रदेश नम्बर २ मा विजयी खाता खोलेको छ।
सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकामा एमालेका उम्मेदवार उतम कुमार शर्मा विजयी भएका हुन् । उनले आफ्ना निकटम प्रतिस्पर्धी माओवादीका ध्रुव कार्कीलाई हराएका हुन्।
एमालेका शर्माको ४३ सय ६१ मत आउँदा माओवादीका कार्कीको ३६ सय ९० मत आएको निर्वाचन अधिकारी राजेन्द्र कुमार लम्सालले जानकारी दिए ।
लम्सालका अनुसार उपप्रमुखमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन्। उपप्रमुखमा एमालेकी आशा चौधरी ४ हजार ४ सय ६२ मत सहित विजयी भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी माओवादीकी राज कुमारी चौधरी ३ हजार ८ सय ८६ मत ल्याइन्।
प्रचण्डको चुनाव क्षेत्रमा माओवादीले मेयर जित्योसिरहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।
माओवादी केन्द्रका गंगा पासवान मेयरमा र उपमेयरमा पार्वती श्रेष्ठ विजयी भएका हुन्। २ नं प्रदेशमा माओवादीको यो पहिलो जीत हो।
मेयरमा गंगा पासवान ४ हजार ३०९ मतसहित विजयी भएका छन्। यसैगरी उपमेयरमा ज्ञानुकुमारी श्रेष्ठ ४ हजार ३१३ मतसहित विजयी भएकी छन्।
मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदियाल महतोले ३ हजार १९० र उपमेयरमा एमालेकै अञ्जु रायले २ हजार ९४५ मत पाए।
कर्जन्हाका ११ मध्ये ९ वटा वडामा माओवादी केन्द्र विजयी भएको छ। वडा नम्बर २ र ६ एमालेले र बाँकी सबै वडा माओवादी केन्द्रले जितेको हो।
कर्जन्हा सिरहाको साविक क्षेत्र नम्बर पाँचमा पर्छ । कर्जन्हा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा पर्दछ । कर्जन्हा नगरपालिकामा कुल १५ हजार ४७४ मतदातामध्ये १२ हजार १३२ मत खसेको थियो ।
यो क्षेत्रबाट दोस्रो संविधान सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए ।
सिरहाको विष्णुपुरमा समाजवादी फोरमले खोल्यो विजयी खातासंघीय समाजवादी फोरमले सिरहाबाट विजयी खाता खोलेको छ। सिरहाको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा समाजवादी फोरमका जागेश्वर यादव विजयी भएका हुन्। उनले १ हजार ९ सय ४० मत ल्याएका छन्। उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका सत्यनारायण यादवले १ हजार २ सय ८० मत ल्याएका छन्।
उपाध्यक्षमा पनि समाजवादी फोरमकै अरहुलादेवी सिंह विजयी भएकी छन्। उनले २ हजार ७ मत पाएकी छन्। उनकी निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रकी ललितादेवी यादवले १ हजार २ सय २० मत पाएकी छन् ।
वडा नम्बर एकमा माओवादी केन्द्र, दुईमा राजपा ,तीन,चार र पाँचमा समाजवादी फोरमले जितेको छ।
दुई नम्बर प्रदेशको पहिलो मेयर राजपाको पोल्टामाअसोज दुई गते निर्वाचन भएको प्रदेश नम्बर दुई पहिलो अन्तिम मत परिणाम सार्वजनिक भएको छ। यो निर्वाचनबाट प्रदेश नम्बर दुईको पहिलो मेयर राष्ट्रिय जनता पार्टीको पोल्टामा परेको छ।
धनुषाको हंसपुर नगरपालिकामा राजपामा उम्मेदवार रामज्ञान मण्डल विजयी भएका छन्। उनले ३३२० मत पाएका छन्। उनका निकटतम् प्रतिष्पर्धी कांग्रेस उम्मेदवारले ३२१९ मत पाएका थिए। निर्वाचन अधिकृत जीवनाथ पोखरेलका अनुसार नगरपालिकाको उपमेयरमा पनि राजपाकी उम्मेदवार रेणु झा विजयी भएकी छन्। उनले ३२७६ मत पाइन्।
२१ हजार मतदाता रहेको यो नगरपालिकामा १५ हजार ८ सय ४९ मत खसेको थियो।