रौतहटको देवाही गोनाही नगरपालिकामा संघीय समाजवादी फोरम नेपाल र नेकपा एमालेबीच प्रतिष्पर्धा देखिएको छ। फोरमका मेयर उम्मेद्वारले २०१७ मत प्राप्त गरेका छन्। एमालेका उम्मेद्वारले १३७७ मतका साथ पछ्याइरहेका छन्।
माओवादी केन्द्रका उम्मेद्वारले ११८५ मतका साथ प्रतिष्पर्धामा पछ्याइरहेका छन्।
मतगणना भोलि साँझ सक्ने गरि गणना भैरहेको निर्वाचन अधिकृत दशरथ पंगेनीले सेतोपाटीलाई जानकारी दिए।
कहाँ कसले अग्रता लिएको छ हेर्नुहोस्
नेपाली कांग्रेस
- गरुडा नगरपालिका
- चन्द्रपुर नगरपालिका
- ईशनाथ नगरपालिका
- परोहा नगरपालिका
- फतुवा बिजयपुर नगरपालिका
- यमुनामाई गाउँपालिका
- राजदेवी नगरपालिका
एमालेसंघीय समाजवादी फोरम
- कटहरिया नगरपालिका
- देवाही गोनाही नगरपालिका
- माधव नारायण नगरपालिका
राजपामाओवादी केन्द्र
- बैधीमार्इ गाउँपालिका
- दुर्गा भगवती गाउँपालिका
- मौलापुर नगरपालिका
- राजपुर गाउँपालिका
- वृन्दावन नगरपालिका
- गुजरा नगरपालिका