प्रदेश नम्बर-२ को एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरूवात गरेको छ। हालै सार्वजनिक भएको वीरगन्ज महानगरपालिका वडा नम्बर-३० को वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार अली हुसेन देवान विजयी भएका हुन्।
एमालेका उम्मेदवार अमानत अन्सारीलाइ चार मतको झिनो अन्तरले पराजित गर्दै देवान विजयी भएका हुन्। वडा अध्यक्षमा निर्वाचित कांग्रेसका देवानले ४ सय ५० मत प्राप्त गरेका हुन्।
उनका निकटतम प्रतिद्धन्द्धी एमालेका अन्सारीले ४ सय ४६ मत प्राप्त गरेका छन्। यस्तै वडा अध्यक्षममा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार ब्रम्हदेव यादवले भने ३ सय २५ मत प्राप्त गरे।
२ हजार ३२ मतदाता रहेको वीरगन्ज महानगरपालिका वडा नम्बर ३० मा सोमबार भएको निर्वाचनमा १ हजार सात सय २४ मत मात्र खसेको थियो।