संघीय समाजवादी फोरमले सिरहाबाट विजयी खाता खोलेको छ। सिरहाको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा समाजवादी फोरमका जागेश्वर यादव विजयी भएका हुन्। उनले १ हजार ९ सय ४० मत ल्याएका छन्। उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका सत्यनारायण यादवले १ हजार २ सय ८० मत ल्याएका छन्।
उपाध्यक्षमा पनि समाजवादी फोरमकै अरहुलादेवी सिंह विजयी भएकी छन्। उनले २ हजार ७ मत पाएकी छन्। उनकी निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रकी ललितादेवी यादवले १ हजार २ सय २० मत पाएकी छन् ।
वडा नम्बर एकमा माओवादी केन्द्र, दुईमा राजपा ,तीन,चार र पाँचमा समाजवादी फोरमले जितेको छ।