महोत्तरीमा कांग्रेस र राजपाबीच टक्कर, १५ स्थानीय तहमा को कहाँ अगाडि?


महोत्तरीको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ। महोत्तरीका १५ स्थानीय तहमध्ये कांग्रेसले ५ स्थानीय तहमा अग्रता लिएको छ। यस्तै राजपाले ४ स्थानमा अग्रता लिएको छ।

संघीय समाजवादी र माओवादी केन्द्रले २-२ स्थानमा अग्रता लिँदा एमाले र स्वतन्त्र उम्मेद्वारले १-१ स्थानमा अग्रता लिएका छन्।

कहाँ कस्को अग्रता

कांग्रेस

  • बर्दिवास नगरपालिका
  • बलवा नगरपालिका
  • रामगोपालपुर नगरपालिका
  • एकडारा गाँउपालिका
  • लोहरपट्टी गाउँपालिका

राजपा

  • जलेश्वर नगरपालिका
  • पिपरा गाउँपालिका
  • महोत्तरी गाउँपालिका
  • भंगाहा नगरपालिका

माओवादी केन्द्र

  • औरही नगरपालिका
  • सम्सी गाँउपालिकामा

संघीय समाजवादी फोरम

  • गौशाला नगरपालिका
  • सोनमा गाँउपालिका

एमाले

  • मटीहानी

स्वतन्त्र

  • मनरा शिसवा नगरपालिका

महोत्तरीमा अहिलेसम्म ४० वडाको अत परिणाम सार्वजनिक भइसकेको छ। जसमा नेपाली कांग्रेसले नै अग्रता लिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.