बोदेबरसाईन नगरपालिकामा संघीय समाजवादी फोरमको अग्रता,वडा एकमा प्यानलै विजयी


सप्तरीको बोदेबरसाईन नगरपालिकामा संघीय समाजवादी फोरमले अग्रता लिएको छ। संघीय समाजवादीका मेयर उमेदवार आतेशकुरमार सिंहले ७२३ मत पाएका छन् । उनलाई पच्छाइरहेका अमरेन्द्रप्रसाद यादबले ३९६ मत ल्याएका छन्। नेपाली कांग्रेसका कर्मैत यादवले २४२ मत ल्याएका छन्। उपमेयरमा पनि फोरमले नै अग्रता लिएको छ ।

वाड नम्बर एकमा समाजबादी फोरमको प्यानल नै बिजयी भएको छ। समाजवादी फोरमका धिरेन्द्र यादवले ५०६ मत ल्याएर वडा अध्यक्ष जितेका हुन ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.