स्थानीय तह निर्वाचन अन्तर्गत धनुषाका १८ वटै स्थानीय तहको मतगणना भइरहेको छ।
अहिलेसम्म प्रारम्भिक नतिजा सार्वजनिक भएका १३ स्थानीय तहमध्ये संघीय समाजवादी फोरमले सबैभन्दा धेरै ४ स्थानीय तहमा अग्रता लिएको छ।
कमला, क्षिरेश्वरनाथ नगरपालिका, हंसपुर नगरपालिकाको मेयर र जनकनन्दीनी गाउँपालिकाको अध्यक्षमा अग्रता लिइरहेको छ।
माओवादी केन्द्र र नेपाली कांग्रेसले ३ नगरपालिकामा अग्रता लिइरहेको छ। गणेशमान चारनाथ, विदेह र सबैला नगरपालिकामा माओवादी केन्द्रका मेयर उम्मेदवारले अग्रता लिएका हुन्। कांग्रेसले धनुषाधाम, बटेश्वर र मिथिलाबिहारी नगरपालिकामा अग्रता लिइरहेको छ।
राजपाले जनकपुर उपमहानगरपालिका र धनौजी गाउँपालिकामा अग्रता लिइरहेको छ। केहीबेरअघि प्राप्त जनकपुर उपमहानगरपालिकाको मेयरमा राजपा उम्मेदवारले १४५ मतसहित अग्रता लिइरहेका छन्। नेपाली कांग्रेसका उम्मेदवार ७२ मतसहित दोस्रो स्थानमा छन्।
नेकपामा एमालेले मिथिला नगरपालिकामा अग्रता लिइरहेको छ।