धनुषाका ६ स्थानको प्रारम्भिक परिणाममा को अगाडि?


धनुषा जिल्लाका अधिकांश स्थानीय तहको मतगणना सुरु भइसकेको छ।

प्रारम्भिक मतपरिणाम सार्वजनिक भएका ६ स्थानीय तहमध्ये माओवादी र संघीय समाजवादी फोरमले दुई/दुई स्थानीय तहमा अग्रता लिएका छन्।

एमाले र कांग्रेसका उम्मेदवार एक-एक वटा स्थानीय तहमा अगाडि छन्।

माओवादीले गणशेमान-चारनाथ नगरपालिका र सबैला नगरपालिकामा प्रारम्भिक अग्रता लिइरहेको छ। गणेशमानको मेयरमा ३६२ मतका साथ माओवादी अगाडि रहेको छ। दोस्रो स्थानमा रहेको फोरमको ३४०, नेपाली कांग्रेसको २३७, एमालेको ७१ र राजपाको खातामा १ मत छ।

फोरमले क्षिरेश्वरनाथ नगरपालिका र जनकनन्दिनी गाउँपालिकामा अग्रता लिइरहेको छ।

क्षिरेश्वरको मेयरमा फोरम उम्मेदवारले २सय १०, नेपाली कांग्रेसका उम्मेदवारले १ सय ६०, एमाले उम्मेदवारले एक सय मत पाएका छन्।

माओवादी उम्मेदवारले १० र नेपाल लोकतान्त्रिक फोरमले १ मत पाएका छन्।

मिथिला बिहारी नगरपालिकाको मेयरमा एमालेले अग्रता लिइरहेको छ। यहाँ एमाले उम्मेदवारले १२४, कांग्रेसले १०५ र फोरमले ६२ मत प्राप्त गरेका छन्।

धनौजी गाउँपालिका अध्यक्षमा भने कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्। धनुषाको सदरमुकामसमेत रहेको जनकपुर उपमहानगरपालिकामा भने केहीबेर अघि मतगणना सुरु भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.