मतगणनास्थलमा तालिमप्राप्त कुकुर


सप्तरीको मतगणनास्थलमा सुरक्षा व्यवस्था सुदृढ गराउन तालिमप्राप्त कुकुर परिचालन गरिएको छ ।

राजविराज नगरपालिकालगायत मतगणना भइरहेका १८ वटै मतगणना स्थलमा सुरक्षा व्यवस्था चुस्त र दुरुस्त गर्ने उद्देश्यले तालिमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

यसैबीच सप्तरी जिल्लाका छवटा स्थानीय तहको मतगणना सुरू भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.