सप्तरीमा मतगणना भएका पाँच स्थानीय तहमध्ये राजपाको दुईमा अग्रता,अरुको एक–एक


सप्तरीमा मतगणना भएका पाँच स्थानीय तह मध्ये राष्ट्रिय जनता पार्टी(राजपा) ले अग्रता लिएको छ।

कृष्णसावरन र तिलाठी कोइलाडी गाँउपालिकामा राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले अग्रता लिएको छ ।

खड्क नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।

विष्णुपुर गाँउपालिकामा संघीय समाजवादी फोरमले अग्रता लिएको छ । सप्तकोशी नगरपालिकामा एमालेले अग्रता लिएको छ । सप्तरीको अठार स्थानीय तहमध्ये पाँच वटाको मात्रै प्रारम्भिक मतपरिणाम बाहिर आएको छ ।

राजविराज नगरपालिकाको वाड नम्बर सातमा मतदान हुन बाँकी नै रहेकोले मतगणना हुन सकेको छैन ।

कञ्चनरुप नगरपालिका, छिन्नमस्ता गाँउपालिका, बेल्ही चपेना गाँउपालिका, डाक्नेश्वरी नगरपालिकामा मतगणना सुरू भएपनि प्रारम्भिक नतिजा आइसकेको छैन ।

तिरहुत गाँउपालिका,शम्भुनाथ नगरपालिका,महादेवा गाँउपालिका,रुपनी गाउँपालिका,सुरुङगा नगरपालिका, हनुमान नगर कङकालीनी नगरपालिका, वलान–विहुल गाउपालिकामा मतगणना हुने तयारी भइरहेको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.