रौतहटको बौधीमाई नगरपालिकामा नेकपा माओवादी केन्द्रले प्रारम्भिक अग्रता लिएको छ। नेकपा माओवादी केन्द्रका त्रिभुवन शाहले २११ मत ल्याएर अग्रता लिएका हुन्। उनलाई संघीय फोरमका उम्मेदवार राजीवरंजन यादवले १७६ मत ल्याएर पछ्याइरहेका छन्।
कांग्रेसका रामलोचनप्रसाद कलवारले १३८ मत प्राप्त गरेका छन् भने एमालेका प्रदीपकुमार यादवले १ सय ३६ मत ल्याएका छन्। राजपाका राजनबाबु जयसवालले मात्र ६४ मत प्राप्त गरेका छन्।